तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनबाट रसुवागढी नाका हुँदै ८ हजार क्विन्टल प्याज आयात

2019-12-20 15:43:24
r_1634558_2019122015431966982100.jpg

    नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी हुँदै गत असोजदेखि मंसिरसम्म ८ लाख २३ हजार किलो प्याज आयात गरिएको छ। भारतले आयातमा रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको कान्तिपुर अनलाइनले लेखेको छ। यो अवधिमा ४ करोड २२ लाख ६५ हजार बराबरको ८ लाख २३ हजार किलो प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो। मंसिरमा सबैभन्दा धेरै ५ लाख ७३ हजार किलो प्याज आएको छ। आव २०७५/७६ मा भारत र चीनबाट गरी १६ करोड ७९ लाख किलो प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ।

    रसुवागढी नाकाबाट आयात हुने कृषि तथा वनजन्य सामग्रीमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राई मसरुम, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर छन्।

    बाँसको मुडा, काठको टेबल, नाङ्लो, बोधीचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायतका वस्तु चीन निर्यात हुने गरेका छन्। यो नाकाबाट चीनतर्फ अझै कृषिजन्य सामग्री निर्यात हुन सकेका छैनन्। चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यहीँबाट हुँदै आएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान