तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको अर्थतन्त्रमा २७ अर्ब २९ करोड बचतमा

2019-12-19 16:11:31
r_1634254_2019121916112753637600.jpg

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र २७ अर्ब २९ करोड रुपैयाँले बचतमा छ। आयात वृद्धिदर घटेको, विदेशी लगानी बढेको, अध्ययनका लागि बाहिरिने रकम घटेकोलगायत कारण शोधनान्तर (भुक्तानी सन्तुलन) बचतमा रहेको राष्ट्र बैंकले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो। 

    मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर देखाउने शोधनान्तर गत वर्ष भरी नै घाटामा थियो। यो आर्थिक वर्षको सुरुदेखि नै शोधनान्तर बचतमा छ। यसको अर्थ मुलुकबाट बाहिरिने रकम भन्दा भित्रिने धेरै छ भन्ने हो।

    २०७५ कात्तिकसम्म शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो। यस्तै, अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा थियो। यो वर्षको चार महिनामा २४ करोड ८ लाखले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ।

    गत कात्तिकसम्म मुलुकको चालु खाता ३७ अर्ब ३० करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान