तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजलाई पनि अनुमति

2019-12-19 16:10:08
r_1634253_2019121916100476350200.jpg

    नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानसस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्। विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको कारोबार अनलाइनले लेखेको छ। यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्धारण गरेको फोर-ई सम्मका विमान बोइङ ७७७ र एयरबस ३३०-३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्। तर विमानस्थलमा एकै समयमा फोर-ई श्रेणीका विमान भने गुड्न पाउने छैनन्। संगठनका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकै समयमा धावमार्गमा कुनै पनि मुभमेन्ट गर्न नपाउने व्यवस्था गरिएको हो।
करिब ४४ वर्षपछि गरिएको विमानस्थलको स्तरोन्नतिसँगै यसअघि लगाइएको सीमा हटाइएको हो। प्राविधिक कारणले लोडमा रोकावट हुनसक्ने भए पनि धावनमार्गकै कारणले लोडमा कुनै किसिमको रोकावट नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, “साढे २६ सेन्टिमिटरसम्मको गहिराइमा गएर विमानस्थलको कालोपत्रे फेरिएसँगै यसअघि धावमार्गमा लगाइएको लोड बेरियर अन्त्य भएको हो।” मर्मतसम्भार भएर लोड बेरियर हटे पनि प्राधिकरणले यस सम्बन्धमा छुट्टै सूचना जारी गरेर सरकोकारवाला निकायलाई 'एयर नोटिकल इन्फरमेसन'मार्फत सूचना प्रकाशित गरी जानकारी गराउनुपर्छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान