नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

प्रदूषण फैलाउने विभिन्न २६ संस्था कारबाहीमा

2019-11-09 14:34:24

 नेपालभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन्। वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ। २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन्। सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिनुभयो। 


कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन्। त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन्। अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पु¥याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताउनुभयो। 


उद्योग प्रतिष्ठानले भने मापदण्डविपरीत धुलो, धुवाँ, रसायन तथा फोहोर पानी जथाभावी फालेको अनुगमनमा पाइएको वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो। विभागले विभिन्न समयमा गरेको छड्के अनुगमनमा ती उद्योग प्रतिष्ठानले मापदण्डविपरीत वातावरण प्रदूषित हुने काम गरेको फेला पारेको उहाँले बताउनुभयो। मापदण्डविपरीत प्रदूषण फैलाउनेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार हदैसम्मको जरिवाना गरिएको विभागले उल्लेख गरेको छ। 


सरकार मातहत रहेको सरुवा रोग नियन्त्रण गर्ने काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै कारबाहीमा परेको छ। वातावरण प्रदूषण गराएबापत वातावरण संरक्षण ऐनअनुसार अस्पताललाई ४० हजार रुपियाँ जरिवाना गरिएको छ। अस्पतालले वातावरणसँगै मानव स्वास्थ्यमा सीधै हानि पुग्ने फोहोर व्यवस्थापन राम्ररी नगरेको फेला परेको थियो। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान