नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

हवाई सुरक्षामा नेपालले ठोस प्रगति गरेको ईयूको स्वीकारोक्ति

2019-11-09 14:33:27

        वैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, '(नेपालमा) हवाई क्षेत्र सुधारतर्फ गरिएका ठोस प्रयत्नहरुलाई ईयूको पक्षले स्वीकार गरेको छ। सँगसँगै प्राविधिक र नियमनको तहमा पर्याप्त सुधारको आवश्यकतालाई पनि दोहोर्‍याएको छ। दुवै पक्ष सहकार्य गर्न तयार भएका छन्। खासगरी, इयूले यस क्षेत्रमा नेपालको संस्थागत क्षमता अभिवृद्धिका लागि प्राविधिक सहायता उपलब्ध गराउने प्रस्ताव पुन राखेको छ।'

    हवाई सुरक्षासम्बन्धी विभिन्न मापदण्ड पूरा नगरेको भन्दै नेपालको वायूसेवालाई ईयूले सन् १९१३ मा कालोसूचीमा राखेको हो। त्यसयता नेपाली बिमान यूरोप उड्न पाएका छैनन्। पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै इयूको कालोसूचीबाट हट्ने दावी हालै गरेका छन्।

    नेपाल र युरोपेली युनियनको संयूक्त आयोगको ११ औं वैठकमा वैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए। यसैगरी युनियनको नेतृत्व ईयूका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका एसिया प्रशान्त उप प्रवन्ध निर्देशक पाओला पाम्पालोनीले गरेका थिए। आयोगको अर्को वैठक सन् २०२० मा ब्रसेल्समा बस्ने तय भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान