नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणले परिवर्तनको ऊर्जा थपियो

2019-10-19 14:24:09
r_1619172_2019101914240512035100.jpg

    चीनका राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणले नेपाल - चीनबीचको द्विपक्षीय सम्बन्धलाई नवीन मोडमा पुर्‍याएको विश्लेषण गरिएको छ। राष्ट्रपति सीको भ्रमणले नेपालको समग्र विकासमा सकारात्मक परिवर्तनको ऊर्जा थपिएको निष्कर्ष पनि देखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

    चीनसँग कूटनीतिक रूपमा द्विपक्षीय भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, अध्ययनलगायत विविध विधासँग जोडिएर २० वटा सम्झौता तथा समझदारी भयो। त्यसकै आधारमा भएको १४ बुँदे संयुक्त वक्तव्यमा थप प्रष्ट्याउँदै सहयोगका विविध आयामको सविस्तार गरिएको छ। 
यिनमा ठूलो आर्थिक सहयोगका रकम अङ्कमा देखाइएका छैनन्। तर दुई देश रणनीतिक साझेदार बनेर अगाडि बढ्ने उत्साहको मूल्य त्यस्ता अङ्कको मूल्यभन्दा उच्च रहेको महसुस दुवै देशले गरेका छन्।

    “एकअर्कालाई सम्मान गरेर पारस्परिक हित बोकेर हिँड्ने अपेक्षा दुई देशको थियो”, पूर्व परराष्ट्रमन्त्री डा. महेन्द्रबहादुर पाण्डेले स्पष्ट पार्नुभयो, “त्यो अपेक्षा भ्रमणले पूरा गरेको छ।” अब नेपाल र चीनको सम्बन्धमा विश्व परिवेशमै नविन ढङ्गले अगाडि बढेको टिप्पणी उहाँले गर्नुभयो। 
उहाँका अनुसार आर्थिक विकासका लागि चीनले नेपालको अपेक्षा मात्र हैन, नेपालले पनि चीनको अपेक्षाको सम्बोधन गर्न सफल भएको छ। नेपालबाट पठाउन सकिने फलफूल र आयुर्वेदिक उत्पादनका विषय हुन् वा नेपाल हुँदै चीनलाई अन्य क्षेत्रसँग जोड्ने विभिन्न मार्ग हुन्। त्यसमा नेपाल चीनको सहायक बनेको विश्लेषण उहाँ गर्नुहुन्छ। 
नेपालमा भित्री सडक, सञ्जाल बनेर मात्र हुन्न। त्यसबाट बाहिर लैजाने हिमालपार बहुआयामिक सञ्जालबाट नेपालले पुस्तौँ पुस्तासम्म लाभ लिनसक्ने उहाँले औँल्याउनुभयो। “शिक्षा क्षेत्रमा अनुन्धानात्मक प्रक्रियामा सँगै अगाडि बढ्ने चीनको उद्घोषले नेपालको ज्ञान र सीपले विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न पाउने अवसर पाएको छ”, उहाँले थप्नुभयो, “मदन भण्डारी विश्वविद्यालय र कम्फ्युसियस इन्स्टिच्युट स्थापना त्यसैका उदाहरण हुन्।”
अरूले दिएको माछा खाने मात्र हैन, आफै माछापालन गर्नुपर्छ भन्ने सीप र ज्ञान चीनले नेपाललाई सिकाउन खोजेको उहाँको धारणा छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान