नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

विश्वव्यापी भोकमरी सूचकांकमा नेपालको सुधार

2019-10-17 15:20:10

    विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ। नेपालको स्थिति विगत १९ वर्षमा सुधार भएर अति गम्भीर भोकमरीग्रस्त देशको सूचीबाट गम्भीर भोकमरीग्रस्त देशको सूचीमा झरेको प्रतिवेदनले देखाएको कारोबार दैनिकले लेखेको छ।

ग्लोबल हंगर इन्डेक्स (जीएचआई) अर्थात् विश्वव्यापी भोकमरी सूचकका अनुसार नेपाल भारतभन्दा २९ स्थान माथि रहेको छ। सूचकका अनुसार १ सय १७ देशको सूचीमा भारत १०२ औं स्थानमा रहँदा नेपाल २०.८ अंकसहित ७३ औं स्थानमा रहेको छ। प्रतिवेदनले नेपाल अझै गम्भीर भोकमरी भएका मुलुकको सूचीमा रहेको जनाएको छ।

    प्रतिवेदनले २० देखि ३४.९ अंकसम्म प्राप्त गर्ने देशहरु गम्भीर भोकमरीको चपेटाबाट मुक्त नभइसकेको जनाएको छ। १९ वर्ष अघि नेपाल ३६.८ अंक सहित अति गम्भीर भोकमरीग्रस्त देशको सूचीमा रहेको थियो।

    दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक भारत ग्लोबल हंगर इन्डेक्समा सबैभन्दा तल छ। सन् २०१० मा भारत ९५ औं स्थानमा थियो र सन् २०१९ सम्म १०२ औं स्थानमा आइपुगेको छ। तर नेपालको अवस्था भने सुधार हुदै आएको छ, प्रतिवेदनले देखाएको छ। सन् २०००मा नेपालको अंक ३६.८ थियो भने लगातार घट्दै गएर सन् २००५ मा ३१.३, सन् २०१० मा २४.५ तथा सन् २०१९ को प्रतिवेदनमा २०.८ अंकमा झरेको प्रतिवेदनले जनाएको छ। अर्थात् जति कम अंक प्राप्त गर्यो तये देश त्यति कम भोकमरीयुक्त भन्ने बुझिन्छ।

    ११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्सका अनुसार भारत १०२औं स्थानमा कायम भएको छ भने पाकिस्तान यो सूचीमा ९४ औं स्थानमा छ। यस्तै, यो सूचीमा नेपाल ७३ औं स्थान, म्यानमार ६९ औं, श्रीलंका ६६ औं र बंगलादेश ८८ औं स्थानमा रहेका छन्। सूचीमा चीन २५ औं स्थानमा रहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान