नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनबाट तीन हजार भेडाच्यांग्रा

2019-10-16 18:53:27

    छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्। चीनसँग सीमा जोडिएका हुम्लाका हिल्सा, लिमी र चुवाखोला र डोल्पाबाट सीमा जोडिएका मरिम्ला र म्याटो नाकाबाट भेडा/च्यांग्रा, खसीबोका भित्र्याएको व्यवसायी बताउँछन्।

    हुम्लाका लिमी, चुवाखोला र हिल्सा नाकामध्ये हिल्साबाट मात्रै सात सय ३४ भेडा/च्यांग्रा, खसीबोका भित्रिएको हुम्लाका व्यवसायी कालु बोहोराले जानकारी दिएको नागरिकन्यूजले लेखेको छ।

    यस्तै, डोल्पामा रहेका मरिम्ला र म्याटो नाकाबाट गरेर दुई हजारभन्दा बढी भेडा भित्रिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण रञ्जितकारले जानकारी दिए। 'चीनमा भेडा सस्तोमा पाइने भएकाले व्यापारी त्यतैतिर आकर्षित भएको उनको भनाइ छ।

    दसैंलगायत पर्वका बेला भेडा/च्यांग्रा, खसीबोकाको अत्यधिक माग बढ्दा व्यापारीले चीनबाट समेत आयात गर्छन्। यसले दुई देशबीचको व्यापारिक सम्बन्धसमेत स्थापित गरेको यहाँका व्यापारीको भनाइ छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान