नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

८३ करोड लगानीमा चीनले बनाइदियो लमजुङमा विद्यालय

2019-10-16 18:52:35

    लमजुङको राइनास नगरपालिका-९ मोहोरीयाकोटमा चीन सरकारको ८३ करोड सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण भएको छ। स्थानीय भैरव माध्यमिक विद्यालयको भवन चीन सरकारले निर्माण गरिदिएको हो। चिनिया प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न भवन निर्माण गरिएको विद्यालयले जनाएको अन्नपूर्णपोस्टले लेखेको छ।

अण्डरग्राउण्डमा १ तला र ग्राउण्ड माथि ३ तलाको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राजेश्वर ढकालले बताए। उनका अनुसार विद्यालय ६८ कोठाको छ। उक्त भवन विद्यालयको ८ रोपनी जग्गामा निर्माण गरिएको हो। चीनको तिब्बतीयन निर्माण कम्पनीले भवन निर्माण गरेको र कामदारदेखि सबै सामाग्री चीनबाट ल्याएको उनले बताए। भवनको अनुगमन समेत चीनबाटै हुँदै आएको उनले बताए। विद्यालय भवन निर्माण सकिएपछि नयाँ भवनमै पठनपाठन हुन थालेको छ।

    विद्यालयका शिक्षक रामप्रसाद गुरुङका अनुसार सुविधासम्पन्न भवनमा पढ्न पाएपछि विद्यार्थी खुसी भएका छन्। ६८ कोठामध्ये २६ वटा कोठा प्रयोगमा आएको छ। उक्त कोठामा बाल विकास कक्ष, कक्षा १ देखि १० का कक्षा, अप्सनल कक्ष, पुस्तकालय, गोष्ठी हल, कम्प्युटर कक्ष, सूचना केन्द्र कक्ष, व्यवस्थापन समितिको कक्षलगायत छन्। अन्य कोठा विस्तारै प्रयोग गर्दै लैजाने विद्यालयले जनाएको छ। १७ कोठामा विद्यार्थीका लागि होस्टेल सञ्चालन गरिनेछ।

    राइनास नगरपालिकाका प्रमुख समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाका अनुसार प्रयोगमा नआएका कोठामा पुस्तकालय, साइन्स ल्याब, बैठक हल, कार्यालय, सेमिनार हल, प्रशासन, शिक्षा कक्षा हुनेछ। विद्यालय परिसरमा बास्केटबल खेलमैदान, सवारी साधन पार्किङ स्थल विद्यालयमा निर्माण गरिएको छ। १० वटा सोलार बत्ती जडान गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान