नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सीको नेपाल भ्रमण अतुलनीय, अविश्वमरणीय : सञ्चारमन्त्री

2019-10-16 18:49:33

    सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका पूर्वाधार विकाससम्बन्धी सम्झौताबाट मुलुकको विकासले काँचुली फेर्ने बताएका छन्। मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट दुई देशबीच गतिशील सम्बन्ध स्थापना भएको र भ्रमणको अरु प्रभाव विस्तारै देखापर्दै जाने बताएको गोरखापत्र अनलाइनले लेखेको छ।नेपाल सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणलाई अतुलनीय, अविश्वमरणीय र कोशेढुङ्गा भएको बताउँदै त्यसले अवश्य नै मुलुकको विकास, समृद्धि, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरणमा काँचुली फेर्ने गरी अगाडि बढ्ने बताए।

    उनले सञ्चार केन्द्रद्वारा मंगलबार राजधानीमा आयोजित 'चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण, उपलब्धि र कार्यान्वयनको चुनौती' विषयक कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन्। उहाँले दुई देशको राजनीतिक नेतृत्वको बीचमा उच्चप्रकारको विश्वास र समझदारीको वातावरण बनेको बताए।

    उनले चीनबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण नेपालमा भएको स्मरण गर्दै भने, “गणतन्त्र, संघीयता कार्यान्वय, सुदृढ र स्थिर राजनीतिक व्यवस्था, स्थायी सरकार भएको बेलामा सी को नेपालमा भ्रमण भयो । त्यसैले यो कोणबाट पनि हेरिनु पर्छ कि यसको बहुआयामिक अर्थ रह्यो ।” उनले राष्ट्रपति सीको भ्रमणमा आम नागरिक, राजनीतिक दल, सर्वसाधारण नागरिक, मिडिया र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा असाधारण स्थिति देखापरेको पनि बताए।

    उनले भ्रमणबाट आर्थिक विकास तर्फ लक्षित दीर्घकालीन साझेदारी योजना समेत तय भएको बताए। उनले थपे, “जुन नेपाली जनताको आकांक्षा हो, सुख र समृद्धि हासिल गर्ने। त्यसमा खुलेर चिनियाँ राष्ट्राध्यक्ष सीले सहयोगको हात बढाउने घोषणा गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान