नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

पत्रकारद्वारा गरिबी निवारण भएको गाउँको भ्रमण

2019-10-16 18:45:11

    चीनको गरिबी निवारणसम्बन्धी अध्ययन भ्रमणमा रहेको नेपाली पत्रकारहरूको टोलीले बुधबार हपै प्रान्तस्थित लघुवित्तद्वारा फेरिएको लाइश्वै जिल्लाको पाइलिनस्याको अवलोकन भ्रमण गरेको छ।

    वर्सेनि करोडौँ आन्तरिक पर्यटकको स्वागत गर्ने यस पाइलिनस्या गाउँले लघुवित्तद्वारा स्थानीयलाई ऋण उपलब्ध गराउनुका साथै पशुपालन होमस्टे लगायत पर्यटकीय गतिबिधि गरेर आत्मनिर्भर हुने तालिम दिने गरेको छ।स्थानीय वासिन्दा सुँगुर, माछा, होमस्टेलगायत पशुपालन र पर्यटकीय कार्यक्रममा सहभागी भएर निरन्तर आम्दानी गरिरहेका छन् भने धेरैले आम्दानी बढाउँदै आफ्नै घरआबास पनि किन्न सकेका छन्।

    चीनले गरिबी निवारणको लागि द्रुत गतिमा अभियान संचालन गरिरहेका बेला स्थानीयले पनि आफ्नो काममा जाँगर चलाउँदा राष्ट्र र स्थानीय जनजीवनमा पनि ठूलो परिवर्तन देखिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान