नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आज

2019-10-14 16:54:56

    

    नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज (सोमबार) भारतमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा भारतसँग ऊर्जासम्बन्धी विभिन्न विषयमा छलफल र सहमतिको प्रयास हुनेछ।

    नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले बैठकको नेतृत्व गर्नेछन्।

    मन्त्रालयका सचिव घिमिरेका अुनसार बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायत विषयमा सहमति जुटाइने छ।

    न्यु बुटवल-न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी टुंग्याउने प्रयत्न बैठकमा गरिनेछ।

    यस्तै कटैया-कुशाहा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे छलफल हुनेछ भने नेपाल- भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारे पनि बैठकमा छलफल हुने बताइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान