नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चाइना-नेपाल युवा सहकार्य सम्मेलन काठमाडौंमा

2019-10-14 16:13:26

    रेशमी मार्ग युवा मञ्च अन्तर्गत चाइना-नेपाल युवा सहकार्य सम्मेलनको आयोजना आज काठमाडौंमा आयोजित भयो। 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण सकिएको भोलिपल्टै आयोजित सम्मेलनको निकै ठूलो अर्थ रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, 'चीन र नेपाल अत्यन्त पुराना मित्रहरू हुन्। मित्रहरू धेरै हुनसक्छन्, तर चीन र नेपालको मित्रता यस्तो मित्रता हो, जुन मित्रतामा कहिल्यै आँच पुगेन, जस्ले सँधैभरि एकले अर्कालाई मित्रवत् रूपमा बुझिरह्यो। मित्रवत् रूपमा सघाउन चाहिरह्यो। र, मित्रताको जगमा उभिएर अगाढि बढ्ने कोशिस गरिरह्यो।'

    चिनियाँ राष्ट्रपति सीले भनेजस्तै नेपाल अब भूपरिवेष्टित नभएर भूजडित मुलुक भएको बताउँदै उहाँले अब नेपाल र चीनको सम्बन्ध दुईमा मात्रै सीमित नरहेर क्षेत्रीय रूपमा विशेष अर्थपूर्ण रहेको बताउनुभयो।

    
सम्मेलनको उद्घाटनमा सहभागी चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल चीन सम्बन्धको विकासमा युवाहरूले लिनुपर्ने जिम्मेवारीबारे औंल्याउनुभयो। कुनै पनि चिनियाँ राष्ट्रपतिले २३ वर्षपछि गरेको नेपाल भ्रमणका कारणले मात्रै सी चिनफिङको भ्रमण ऐतिहासिक नभएको बताउँदै थप्नुभयो,'विगत २३ वर्षमा चीन न्यून आय भएको मुलुकबाट विश्वकै महाशक्ति बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा यस अघि कहिल्यै नभएको आर्थिक तथा सामाजिक फड्को मारेको छ। ८० करोड चिनियाँलाई गरिबीबाट उन्मुक्ति दिलाएको र अन्तर्राष्ट्रिय जगतमा स्वाभिमान, प्रतिष्ठा र इज्जत जगाएको छ।'

    आजको सम्मेलनमा चीन-नेपाल सहकार्य सम्मेलन काठमाडौं प्रस्ताव पनि घोषणा गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान