नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाली संचारमाध्यममा चीनका राष्ट्राध्यक्ष सीको भ्रमण अर्थपूर्ण

2019-10-14 14:25:39

अक्टोबर १३ तारिख नेपाली संचार माध्यमका मुख्य पृष्ठ र मुख्य प्रसारणका कार्यक्रम र समाचारमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणको सकारात्मक अर्थ रहेको जनाइएको छ। राष्ट्राध्यक्ष सीको भ्रमण ऐतिहासिक क्षण भएको र नेपाल-चीन सम्बन्धलाई ठूलो परिधिमा उकासिएको बताइएको छ।

नेपालको अंग्रेजी समाचारपत्र ‘काठमाडौं पोस्ट'को पहिलो पृष्ठमा १३ तारिख चीनका राष्ट्राध्यक्ष सीको भ्रमणबारे रिपोर्ट गरिँदै नेपाल र चीन बीच भावी आर्थिक व्यापारिक सहयोगको फराकिलो भविष्यमा ध्यान केन्द्रित गरिएको छ। साथै पहिलो पानामा प्रकाशित टिप्पणी लेखमा चीनका राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणबाट क्षेत्रीय मामिलामा नेपालको प्रभावलाई बढाइएको ठहर पनि गरिएको छ।

अर्को अंग्रेजी समाचारपत्रिका ‘द हिमालयन'को पहिलो पृष्ठमा १३ तारिख ‘राष्ट्राध्यक्ष सीको भ्रमणबाट नेपाललाई भूजडित मुलुक बनाउने' शीर्षक लेख प्रकाशित गरिएको छ। सो लेखमा उहाँको भ्रमणबाट नेपालमा फड्को मार्ने विकासको कार्यान्वयन गरिने साथै नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन सफल हुने जनाइएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान