तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी प्रधानमन्त्री

2019-10-11 15:12:36

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ। भ्रमणको पूर्वसन्ध्यामा बिहिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिनुभएको हो। चिनियाँ राष्ट्राध्यक्ष सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रहिआएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको राससले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ-काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, "हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ।" पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा-छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताउनुभयो।

नेपाली काङ्ग्रेसका नेता डा प्रकाशशरण महतले राष्ट्राध्यक्ष सीको भ्रमण हुने कुरा खुशीको विषय हो भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताउनुभयो। आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, 'बेल्ट एण्ड रोड'इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री डा महतले ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान