नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा

2019-10-10 15:21:33

दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ। त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ। तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ। राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन्। नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताएको अनलाइनखबरले लेखेको छ।

उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ। यी साना नोटहरुको आयु २ देखि ३ वर्षको मात्र हुने अनुमान राष्ट्र बैंकको छ।

राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ। जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ। करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ।

मुलुकको केन्द्रीय बैंकसमेत भएका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नियमन सुपरिवेक्षणका साथै मुद्रा छपाउनेदेखि नष्ट गर्ने सम्मका सम्पूर्ण कामहरु गर्ने अधिकार पाएको छ। यसका लागि २०५८ मा बनेको ऐनले नेपाल राष्ट्र बैंकलाई अधिकार दिएको छ। राष्ट्र बैंकले तपाईको थोत्रो नोटको सट्टा अर्को नोट साटिदिन सक्छ। तर, डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्ने अधिकार पनि राष्ट्र बैंकमा छ।

राष्ट्र बैंकका अनुसार अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा छन्। यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान