नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

कृषकमा उत्साह थप्दै 'स्मार्ट कृषि गाउँ' कार्यक्रम

2019-10-10 15:18:18

कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ। प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित भएको राससले लेखेको छ।

प्रदेश नं ५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम जिल्लाका चार स्थानमा सञ्चालनमा छ। आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका हुन्। चार वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले आफूहरू उत्साहित भएको स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति सरावलका सदस्य एवं कृषक दामोदर देवकोटा बताउनुहुन्छ।

सरावल गाउँपालिका-२ को मगरमुडाहा, पट्खौली र अत्रहटी गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँ बाख्रापालनलाई प्रवर्द्धन गरिएको छ। यस कार्यक्रममार्फत यहाँका ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन्। यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका कृषकले व्यावसायिक रुपमै बाख्रापालन गरेका छन्। बाख्रापालनबाट राम्रो आम्दानी र बजारको पनि समस्या नभएकाले आधुनिक तरिकाले व्यावसायिक रुपमै बाख्रापालनलाई अघि बढाइएको किसान बताउँछन्। स्थानीय जातको बाख्रा पाल्दै आएका यहाँका कृषकका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत उन्नत जातको बाख्रा, बोका र आधुनिक खोर निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने बाँकी २० प्रतिशत स्वयम् कृषकले नै लगानी गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान