नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

2019-10-09 16:33:49

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने देखिएको छ। विश्वमै सबै भन्दा बढी एकै साथ पशु बली दिने गढीमाईको पाँच बर्षिय मेला आउने मंसिर १ देखि एक महिनासम्म लाग्ने र मेलामा नेपाल, भारत लगायत तेश्रो मुलुकबाट ६० लाख हिन्दु श्रद्धालुहरु दर्शन गर्न आउने विश्वास गरिएको छ।

पाँच बर्ष अघि लागेको गढिमाईको मेलामा ४५ लाख जति श्रद्धालुहरु आएको र त्यसमा ३० लाख जति भारतीय थियो। २०७१ सालको मंसिर महिनामा लागेको पाँच वर्षीय गढिमाईको मेलामा लगभग ८० हजार जति पशुबलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन्।

मेलामा आउने लाखौ धार्मिक पर्यटक तथा श्रद्धालुहरुलाई राहत दिनको लागि ३ महिना पहिला देखि पहिलो चरणको कामहरु सुरु भएको बताइएको छ। मेलामा आउने भारतीय धार्मिक पर्यटकहरुलाई देशको बिभिन्न भागहरुमा रहेका पर्यटकिय स्थलहरु घुम्न जानको लागि प्रेरित गर्दा यसबाट पर्यटन क्षेत्रलाई ठुलो फाइदा पुग्ने महागढिमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको भनाइ छ।

पाँच वर्षीय मेलालाई भव्य र सर्वव्यापि बनाउनको लागि असोज १२ गते दशैको घटस्थापनाको दिन निकालिने शोभा यात्रा कार्यक्रमको राष्ट्रपति बिद्या देवी भण्डारीले फोन मार्फत सम्बोधन गरि समेत उदघाटन गरेकी थिइन्। मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसकेपछि टेलिफोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम सम्वद्धण गर्दा यसले देशको पर्यटन क्षेत्रमा ठुलो मद्दत गर्ने विश्वय व्यक्त गरेकी थिइन्।

केही दिन पहिला मात्रै नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन मुल समितिको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धार्मिक कार्यक्रममा लाखौ श्रद्धालुहरु एकैचोटी भेला हुने अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौ श्रद्धालुहरु आउने गरेकोले गढीमाईको मेला नेपालको कुम्भको संज्ञा दिएकी थिइन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान