नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

धेरै पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्ने तयारी

2019-09-21 16:09:46

    सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसंध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालिएको छ। तर भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धरासयी हुने निजि सञ्चालकहरूको चिन्ता छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेस गर्न पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरिएको छ। विदेशी नागरिकलाई नेपालीसरह भाडा समायोजनका लागि सुझाव पेस गर्न गठित समितिलाई एक महिनाको समय दिइएको छ। समितिले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने र आन्तरिक भाडा दरमा आन्तरिक र बाह्य पर्यटकलाई फरक-फरक भाडा लिने गरेकोमा त्यसमा एकरूपता ल्याउनेबारे सुझाव दिनेछ। तर भाडामा एकरूपता ल्याउनेबारे निजी विमानसेवा कम्पनीहरू भने असहमत रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

    हुन लागेको भाडा समायोजनबारे जिज्ञासा राख्दा सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यले सरकारले समायोजनभन्दा पनि पुनरावलोकनमा ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्रालयले समायोजन गर्नुभन्दा पहिले मेन पावरको (इन्जिनियर तथा पाइलट) को खर्च, इन्सुरेन्सको खर्चलगायत ध्यान दिएर भाडा पुनरावलोकन गर्नुपर्ने उहाँको सुझाव छ।

    हाल नेपाल एयरलायन्सका जहाजलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध लागाइएको छ । युरोपियन युनियनले नेपाल एयरलाइन्सलाई यसरी कालो सूचीमा राख्नुको कारणमध्ये एउटा नेपाली र विदेशीलाई फरक-फरक भाडा दर हुनुलाई पनि मानिएको छ। यस विषयमा यदि प्रतिबन्ध फुकुवाका लागि आफूहरूले पहल गर्नुपर्छ भने नेपाली र विदेशीलाई भाडा बराबर पारी समायोजन गर्न नेपालस्थित कुटनीतिक नियोगका विदेशी कर्मचारीले सरकारी संयन्त्रलाई दबाब दिँदै आएको बताइन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान