नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षणमा सी चिनफिङ पथबारे सिकाइने

2019-09-19 18:26:58

    नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई 'सी चिनफिङ पथ' बारे प्रशिक्षण दिने भएको छ। असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताउनुभयो। सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् ।

    शनिबार नेपाल पुग्ने चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरूको वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुने नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताउनुभयो। पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन पेस हुनेछन् ।

    पौडेलले सम्मेलनको एउटा कुनै सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सम्मेलनमा पार्टीका दुई अध्यक्षसहित केन्द्रीय तहका २ सय जनासम्म नेतालाई सहभागी गराउने तयारी स्कुल विभागको छ । कान्तिपुर अनलाइनका अनुसार सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु र सहभागिताबारे छलफल गर्न बुधबार विभाग प्रमुख पोखरेल तथा उपप्रमुखहरू बेदुराम भुसाल र पौडेलबीच छलफल भएको थियो ।

    तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि बनेको स्कुल विभागको पहिलो कक्षामै चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र सैद्धान्तिक कार्यदिशाबारे छलफल हुन लागेको हो। चिनियाँ कम्युनिस्ट पार्टी धेरै अनुशासित हुने भएकाले त्यसको कार्यशैली यहाँ पनि उपयोगी हुने ठानेर सी चिनफिङ पथबारे प्रशिक्षण हुन लागेको नेताहरूले बताए ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान