नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

लान चौको भगिनी शहर प्रतिनिधि मण्डलद्वारा काठमाडौंको मैत्रीपूर्ण भ्रमण

2019-09-18 18:42:57 CRI

    काठमाडौं महानगरपालिकाको निमन्त्रणामा चीनको लान चौ शहरको जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष च्याङ स्याउ होङ प्रमुख रहनुभएको लान चौको भगिनी शहर प्रतिनिधि मण्डलले सेप्टेम्बर १२ देखि १६ तारिखसम्म काठमाडौँको पाँच दिने मैत्रीपूर्ण भ्रमण गरेको छ।

    भ्रमण अवधिमा प्रतिनिधि मण्डलले नेपालका लागि कान सु (लान चौ) अन्तर्राष्ट्रिय स्थल बन्दरगाह कार्यालयको अवलोकन गर्दै राजमार्ग अर्थतन्त्रको विकास र दक्षिण एशियाको व्यापारिक राजमार्गको निर्माणलाई शीघ्र पार्ने, लान चौ शहरको अन्तर्राष्ट्रिय व्यापारिक चौतारो तथा कान सु (लान चौ) अन्तर्राष्ट्रिय स्थल बन्दरगाह सम्बन्धी नेपाली विदेशी व्यावसायिक उद्यानको निर्माण गर्ने आदि विषयबारे काठमाडौं कार्यालयका जिम्मेवार व्यक्ति अर्थात् चाइना (हङकङ) छाङ फ लगानी लिमिटेड कम्पनीका वाङ्ग चु च्युनसँग गहन रुपमा वार्ता गरेको छ।

    हाल लान चौ अन्तर्राष्ट्रिय स्थल बन्दरगाहको व्यवस्थापन समितिको कार्यालय काठमाडौं शहरसँग समन्वय र सम्पर्क राख्नुका साथै व्यवसायिक उद्यानको निर्माणलाई शीघ्र पार्नका लागि देशी र विदेशी व्यवसायसित छलफल गरिरहेको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान