नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौंमा पाकिस्तानी वस्तु तथा सामग्रीको प्रदर्शनी शुरू

2019-09-18 17:12:27

    पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी सोमबारदेखि राजधानीमा शुरु भएको भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले उद्घाटन गर्दै मेला पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको बताउनुभयो। दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उहाँले बताउनुभएको गोरखापत्रले लेखेको छ।

    पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत जाभेदले मेलामार्फत दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो । आगामी असोज ५ गतेसम्म चल्ने 'पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९' नामक मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता/चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध रहेको आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।

    काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना शुरु भएको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहेका छन् । मेलामा नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान