नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल विद्युत् प्राधिकरण चार वर्षमा आफ्नो आम्दानी दोब्बर बनाउन सफल

2019-09-17 17:00:09

    नेपाल विद्युत् प्राधिकरणले चार वर्षको अवधिमा आफ्नो आम्दानी दोब्बर बनाएको छ। प्राधिकरणले विद्युत् चुवाहट नियन्त्रण, ग्राहक विस्तार र विद्युत् खपत बढाएर आम्दानी वृद्धि गरेको हो। आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षको अवधिमा आम्दानी दोब्बर गर्न सफल भएको बताउनुभयो।

    'चार वर्षअघिसम्म अत्याधिक चुहावट र लोडसेडिङ हुन्थ्यो। जसबाट प्राधिकरणको आम्दानीमा समेत गिरावट आएको थियो, अहिले एकातर्फ चुहावट धेरै नियन्त्रण भएको छ, अर्कातर्फ विद्युत् खपत दर बढेको छ, जसले गर्दा आम्दानी बढेको हो।' कार्यकारी निर्देशक घिसिङले विगतको तुलनामा अहिले ग्राहक संख्या पनि बढेको बताउनुभयो।

    नियमित विद्युत् आपूर्ति हुन थालेपछि खपत बढेर करिब दुई सय ४५ युनिट पुगेको छ। प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण, कुशल व्यवस्थापन र चुस्त-दुरुस्त प्रशासन संयन्त्रकै कारणले चार वर्षमा आम्दानी दोब्बर पार्न सकेको जनाएको छ। प्राधिकरणका अनुसार तीन वर्षअघि २५.७८ प्रतिशत विद्युत चुहावट हुन्थ्यो। अहिले चुहावट १५.३२ प्रतिशत रहेको नागरिकन्यूज डटकममा खबर छ। प्राधिकरणले तीन वर्षको अवधिमा १०.४६ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२ प्रतिशतमा झारेर प्राधिकरणको आम्दानी अझै बढाउने बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान