नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सुरक्षा तथा अपराध नियन्त्रणका लागि नेपालमा एसियाली प्रहरी सम्मेलन हुने

2019-09-16 14:10:23

    विपद् व्यवस्थापन, दिगो शान्तिसुरक्षा तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्न असोज ७ देखि ९ गतेसम्म काठमाडौँमा 'एसियाली प्रहरी सम्मेलन' आयोजना हुने भएको छ ।

    नेपाल प्रहरी र अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)को संयुक्त प्रयासमा सम्मेलन आयोजना हुन लागेको हो । ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै अपराध नियन्त्रणमा सहकार्य गर्ने विषयमा छलफल हुने छ। 

    प्रहरी प्रवक्ता उमेशराज जोशीले शान्तिसुरक्षा, अपराध अनुसन्धान, नियन्त्रण तथा विपद् व्यवस्थापनमा नेपाल प्रहरीले सञ्चालन गरेको रचनात्मक कामकारबाहीको विषयमा ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने बताउनुभयो। 

    
    गोरखापत्र अनलाइनका अनुसार सम्मेलनमा एसियाका २० भन्दा बढी देशका उच्च प्रहरी अधिकृतको सहभागीता हुने छ। विभिन्न देशका प्रहरी-प्रहरीबीच अपराध र अपराधीसम्बन्धी खोज अनुसन्धान, सूचना आदानप्रदान, पक्राउ तथा कानुनी कारबाही कार्यलाई मजबुत बनाउन सम्मेलनले प्रभावकारी निर्णय सार्वजनिक गर्ने जनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान