नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

गत वर्षदेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसिया फेरि खुल्ने

2019-09-13 13:59:00 CRI

गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसिया आइतबारबाट खुल्ने भएको छ। नेपाल र मलेसियाका अधिकारीहरुबीच भएको सहमतिअनुसार आइतबारबाट मलेसियाको रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाउनुभयो।

नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हो। मलेसिया जाने नेपाली आर्थिक भारमा परेको भन्दै सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज गरी १५ महिनादेखि मलेसिया जान रोक लगाएको थियो। मलेसिया र नेपाल सरकारबीच गत कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो। अब मलेसिया जाने नेपाली कामदारले सोही श्रम सम्झौताअनुसारको सेवा सुविधा पाउने छन्। 

यसअघिको श्रम सहमतिअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्नेछ। विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने व्यवस्था गरिएको छ। त्यस्तै यसअघि करार अवधि ३ वर्षको रहँदै आएकोमा त्यसलाई २ वर्षको कायम गरिएको छ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलव, भत्ता एवं। सुविधा पाउने सुनिश्चितता गर्नुका साथै अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक तथा सेवा सुविधा पाउने व्यवस्था यसघिको श्रम सम्झौतामा उल्लेख छ। सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्ने सेतोपाटी अनलाइनले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान