नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

विकासको पहिलो सर्त पूर्वाधार भएको उपराष्ट्रपतिको भनाई

2019-09-12 14:28:02 CRI

सम्मेलन उद्घाटनमा उपस्थित हुन नसक्नुभएका प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देशमार्फत नेपालको समृद्धि अभियानमा निसङ्कोच सहभागी हुन निजी क्षेत्र तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको थियो । “समृद्धिको लक्ष्य पूरा गर्न सरकारको लगानीले मात्र पुग्दैन, निजी क्षेत्रले यसको चालकको भूमिका निर्वाह गरेर पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पढ्नुभएको सन्देशमा भनिएको छ, “निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार सँधै तत्पर छ । ” 
कार्यक्रमलाई सम्बोधन गर्दै कोरियाका पूर्वप्रधानमन्त्री डा. हाङ सुङ सोले भूकम्प, प्राकृतिक प्र्रकोपको सामना गर्दै नेपालले हासिल गरेको आर्थिक वृद्धिको प्रशंसा गर्नुभयो । उहाँले सडक सञ्जाल, विद्युत्, सञ्चारजस्ता कनेक्टिभिटीबाट ग्रामीण क्षेत्रलाई विकसित गर्नुपर्ने सुझाव दिनुभयो । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलस्रोत, ऊर्जा, सडक, रेल, सहरी विकासजस्ता पूर्वाधार विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढेको जानकारी गराउनुभयो। उहाँले अबको पाँच वर्षमा पन्ध्र हजार किलोमिटर राजमार्ग र दस वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बनाउने लक्ष्य रहेको स्पष्ट गर्नुभयो। 
भारतका शक्ति वैकल्पिक ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले बिहार प्रदेशले पछिल्ला वर्षमा हासिल गरेको प्रगतिको अनुभव सुनाउँदै राज्यले उपयुक्त वातावरण निर्माण गरेमा नगदको कहिल्यै अभाव नहुने र लगानीकर्ता नाफा कमाउन स्वतः आकर्षित हुने धारणा राख्नुभयो । विश्व बैङ्कका उपाध्यक्ष जिङ डोङ हुवाले नेपाल भूपरिवेष्टित भए पनि 'आइडिया लक्ड' नभएको भन्दै बोन्डमार्फत विदेशी पुँजी आकर्षित गर्न सुझाव दिनुभयो। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान