नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौँमा चिनियाँ भाषा तथा कला प्रतियोगिताका सहभागीलाई पुरस्कार वितरण

2019-09-10 18:59:20 CRI

नेपालको नवौँ राजदूत कप चिनियाँ भाषा प्रतियोगिता तथा आठौँ चिनियाँ कला प्रतियोगिता र बार्‍हौँ चिनियाँ भाषाको पुल नाम चिनियाँ भाषा प्रतियोगिताको संयुक्त पुरस्कार वितरण समारोह आज दिउँसो काठमाडौँस्थित सिटी हलमा आयोजना गरियो।

नेपालका लागि चिनियाँ राजदूत हौ यान छीले सो समारोहलाई सम्बोधन गर्दै नेपालसँगको सांस्कृतिक आवतजावत तथा सहयोगमा नेपालका लागि चिनियाँ दूताबासले ठूलो महत्व दिएको औँल्याउनुभयो।

नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सो समारोहलाई सम्बोधन गर्दै हिमाल र नदीले जोडेको नेपाल चीन सम्बन्ध हिमालजस्तै स्वच्छ र नदीजस्तै निस्कलङ्क रहेको बताउनुभयो। नेपाल सधैँ एक चीन नीतिको पक्षमा दृढताका साथ अविचलित रुपमा उभिरहेको भन्दै समारोहमा पुरस्कृत हुनुहुने सम्पूर्णलाई बधाई र शुभकामना दिनुभयो। शिक्षा मन्त्रालय र कन्फ्युसियस इन्स्टिच्युटले संयुक्त रुपमा संचालन गर्दै आएको चिनियाँ भाषा प्रशिक्षणले नेपालमा लोकप्रियता हासिँल गर्दै आएको बताउँदै मन्त्री भट्टराईले नेपाली युवापुस्तामा चिनियाँ भाषा र संस्कृतिप्रति बढेदै गएको रुचिप्रति उहाँले खुशी व्यक्त गर्नुभयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान