तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

२ अर्बको लगानीमा अर्गानिक खेती

2019-08-26 15:06:24

    गोल्यान एग्रो प्रालिले माटो ब्रान्डका अर्गानिक कृषि उपज बजारमा ल्याएको छ। प्रालिले किसानबाट सकलनगरी बजारीकरण गर्न उक्त ब्रान्डका कृषि उपज बजारमा ल्याएको कान्तिपुर अनलाइनले लेखेको छ।

    ग्रुपका अध्यक्ष पवन गोल्यानका अनुसार पहिलो चरणमा २ सय बिघामा व्यावसायिक फार्मको स्थापना गरिएको छ। जसमार्फत कृषक र उपभोक्ता दुवैलाई लाभ हुने उहाँले बताउनुभयो। 'मुलुकभरबाट नै कृषिजन्य वस्तु संकलन गरी परीक्षण र ब्रान्डिङ गरेर बिक्री सुरु गरेका छौं,' आइतबार आयोजित पत्रकार सम्मेलनमा गोल्यानले भन्नुभयो, 'विषादीरहित कृषि उपजले उपभोक्तालाई धेरै फाइदा हुन्छ। किसानले पनि उचित मूल्य पाउँछन्।' किसानलाई सहयोग गर्न माटो परीक्षण, कम्पोस्ट मल, प्रविधि सहयोग गर्दै आएको उहाँले बताउनुभयो। हाल ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा फार्म सञ्चालन गर्दै आएको जनाएको छ। 'अर्गानिक उत्पादनका लागि व्यावसायिक किसान पनि जोडिएका छन्,' उहाँले भन्नुभयो, 'किसानले उत्पादन गरेको तरकारी सबै खरिद गर्ने ग्यारेन्टी पनि दिएका छौं।'

    प्रालिका अनुसार २ हजार किसानबाट तरकारी संकलन गरिन्छ। दैनिक ५ देखि ६ सय टन तरकारी संकलन हुने जनाएको छ। अर्गानिक ग्यारेन्टी गर्न टेस्ट मेसिन पनि उपलब्ध गराइएको जनाएको छ। यस्तै सरकारी प्रयोगशालामा पनि दैनिक परीक्षण भएको प्रालिको दाबी छ। माटो ब्रान्डका तरकारी उपत्यकाकाको भाटभटेनी, बिगमार्टलगायतका स्टोरमा उक्त ब्रान्डका तरकारी बिक्रीमा राखिएको छ। 'किसानबाट खरिद मूल्य र उपभोक्त मूल्य कृषकलाई पनि जानकारी गराएका छौं,' गोल्यानले भन्नुभयो, 'तरकारीमा २० प्रतिशत मात्रै मुनाफा राखिएको छौं।'


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान