नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको प्रदेश २ मा हरित अभियान सुरु

2019-08-25 14:40:01

प्रदेश २ सरकारले हरित अभियान सुरु गरेको छ। सो अभियानअन्तर्गत शनिबार एकै दिन तीन लाख बिरुवा रोपिएको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले बताउनुभयो। मन्त्री रायले शनिबार मात्रै प्रदेश २ भित्रका आठवटै जिल्लाका १९५ हेक्टर खाली जमिनमा तीन लाख बिरुवा रोपिएको जानकारी दिनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

‘प्रदेश सरकारको हरित अभियानअन्तर्गत आज ८ वटै जिल्लाका विभिन्न ठाउँमा एकसाथ विभिन्न जातका बिरुवा रोपिएको छ,' शनिबार सर्लाहीको हरिपुर नगरपालिका-१, जानकीनगरस्थित प्रस्तावित सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री रायले भन्नुभयो, ‘१९५ हेक्टर क्षेत्रफलमा ३ लाख विरूवा आजै रोपेका छौं।'

काटेर बिक्री गर्नका लागि मात्र नभई पर्यावरणीय हिसाबले मानव जीवनका लागि अत्यन्त आवश्यक भएकाले वृक्षरोपण गरिएको उल्लेख गर्दै मन्त्री रायले रोपिएका बिरुवा संरक्षणमा सरोकारवाला निकायसहित स्थानीय उपभोक्तालाई ध्यान दिनसमेत आग्रह गर्नुभयो।

शनिबारबाट सुरु हरित अभियानअन्तर्गत प्रदेशभित्रका खाली वन क्षेत्रमा निरन्तर बिरुवा रोपिने मन्त्री रायले जानकारी दिनुभयो। अभियानअन्तर्गत प्रदेशभित्रका आठवटै जिल्लामा शनिबार भएको वृक्षरोपण कार्यक्रममा प्रदेशका मन्त्रीहरू सहभागी भएको उहाँले बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान