नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालले विद्युतीय बस किन्नका लागि प्रक्रिया शुरू

2019-08-25 14:39:21

साझा यातायातले विद्युतीय बस किन्न खरिदका लागि प्रक्रिया अघि बढाएको छ। सरकारले विद्युतीय बस किन्न एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको छ। यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको छ।

पहिलो चरणमा ३० देखि ५० वटा बस ल्याउन लागिएको साझाका कार्यकारी निर्देशक भुषण तालाधरले जानकारी दिनुभयो। एकै पटक ३ सयवटै विद्युतीय बस ल्याउँदा चार्जिङ स्टेसन लगायतका समस्या हुने देखिएको उहाँले बताउनुभयो। उहाँका अनुसार बस खरिदका प्राविधिक विषयहरु टुंगो लगाउन समिति बनाएको अनलाइनखबरले जनाएको छ।

समितिले खरिद गरिने बसको स्पेसिफिकेसन तयार गर्नेछ। यसका लागि बजारमा उपलब्ध विद्युतीय बसका उत्पादक कम्पनी र उसका प्रतिनिधिसँग पनि छलफल गरिरहेको छ। स्पेसिफिकेसन तयार भएपछि टेण्डर प्रक्रिया सुरु हुनेछ ।

यसैबीच विद्युतीय बस खरिदको तयारीसँगै साझाले चार्जिङ स्टेसन व्यवस्थापनबारे सरकारसँग छलफल थालिएको छ। पछिल्ला दिनमा विद्युतीय सवारी प्रयोगकर्ता बढ्दो छ भने सार्वजनिक यातायातमा पनि भदौ तेस्रो साता सुन्दर यातायातले विद्युतीय बस सञ्चालनमा ल्याउँदैछ । तर, अहिलेसम्म विद्युतीय सवारी साधानका लागि सार्वजनिक चार्जिङ स्टेशन छैन।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान