नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

हवाई नियामक निकायका महानिर्देशकहरुको ५६औं सम्मेलन काठमाडौंमा सम्पन्न

2019-08-24 16:23:14

एसिया प्यासिफिक क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। ७ औं सम्मेलनको आयोजकको जिम्मा बंगलादेशको ढाकालाई जिम्मा लगाउँदै काठमाडौं सम्मेलन सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। आगामी सम्मेलन भने नोभेम्बर सन् २०२० मा आयोजना हुनेछ।

सम्मेलनमा भाग लिन नेपाल आइपुगेका अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूको करिब एक साता लामो नेपाल बसाइँलाई भने प्राधिकरणले महत्वपूर्ण उपलब्धी मानेको छ।

नेपाल बसाइका अवधिमा अल्यूले हवाईसँग सम्बन्धित विभिन्न क्षेत्रको अवलोकन गरेका छन्। उनी हवाई संग्रहालयसमेत पुगेर भावी पुस्ताका हवाई जनशक्ति उत्पादनका सम्बन्धमा नेपालले गरेको प्रयासबारे जानकारी लिएका थिए। सम्मेलन सोमबारदेखि काठमाडौंमा शुरु भएको थियो। 

सन् २०१९ आईकाओ स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा वसन्त ऋतुमा सगरमाथा चुचुरोमा पुर्‍याइएको झण्डा आइकाओका काउन्सिल प्रमुख अल्यूलाई हस्तान्तरणसमेत गरिएको थियो। यस्तो सम्मेलन नेपालमा तेस्रो पटक आयोजना गरिएको हो । यसअघि १९७८ र १९९८ मा समेत नेपालले यो सम्मेलन आयोजना गरेको थियो ।

सन् २०१८ मा नेपाल आईकाओको सुरक्षा चासोको सूचीबाट हटेको उपलक्ष्य पारी नेपालले सम्मेलन नेपालमा आयोजनाको प्रस्ताव गरेको थियो । त्यसलाई आईकाओले स्वीकार गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यस्तो सम्मेलनको आयोजक आइकाओ नै रहने गर्छ । तर, व्यवस्थापनको पाटो भने सम्बन्धित मुलुकले बेहोरेको हुन्छ। यस वर्ष ४३ देशका ४ सय प्रतिनिधिले सम्मेलनमा भाग लिएको प्राधिकरणको भनाइ रहेको छ।

हवाई क्षेत्रले भोग्नुपर्ने समस्याको साझा हल खोज्ने उपायहरुबारे यस सम्मेलनमा मूख्य रुपमा छलफल भएको प्राधिकरणको भनाइ रहेको छ।

क्षेत्रीय रुपमा आयोजना हुने यस्ता सम्मेलनले तय गरेका विषयलाई आईकाओको वार्षिक सम्मेलनमा लैजाने प्रचलन रहेको अनलाइनखबरले लेखेको छ।  


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान