नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

विश्वको ध्यान नेपालमा केन्द्रित गर्न नेपालमा सगरमाथा डायलग गरिने

2019-08-24 16:22:00

विश्वको ध्यान नेपालमा केन्द्रित गर्न विश्व कूटनीतिक सम्बन्धको पहल नेपालबाटै सुरु गर्ने प्रयास थालिने भएको छ। जसका लागि विश्वकै उच्च शिखर सगरमाथाको फेदमा विश्व परिवेश झल्कने संवादको तयारी सरकारले तीव्र पारेको छ। संवाद आगामी मार्चको अन्त्यतिर हुनेछ।

विश्व समाजमा उठेका जल्दोबल्दो समस्या तथा विषयमा संवादमार्फत समाधान र नयाँ उपाय पत्ता लगाउन नेपालले भूमिका निर्वाह गर्दै सगरमाथा संवाद थालनी गर्न लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यसले विश्वमा नेपाल चिनाउनेमात्र हैन, विश्व राजनीति, बजार, लगानी र समृद्धिको अंश नेपालमा भिœयाउने अपेक्षा सरकारले गरेको छ। विश्व मञ्चमा नेपालको पहिचान बलियो बनाउने आधारका रूपमा सगरमाथा संवादलाई लिइएको परराष्ट्रमन्त्री ज्ञवाली बताउनुहुन्छ। 

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले समसामयिक विषयमा छलफल गर्ने मञ्च भएकाले विश्वकै प्रतिनिधित्व यसमा रहने बताउनुभयो। सगरमाथा संवादको पहिलो संस्करणका रूपमा जलवायु परिवर्तन र हिमालको विषय तय गरिएको छ।यसैबीच गोरखापत्र अनलाइनका अनुसार सगरमाथा संवाद सञ्चालन गर्न परराष्ट्रमन्त्री ज्ञवाली संयोजक रहेको निर्देशक समितिको बैठक शुक्रबार बस्यो। सगरमाथा संवाद कार्यक्रमको आधारशीलाका रूपमा बसेको बैठकमा मन्त्री ज्ञवालीले समय कम रहेकाले अन्य तयारी तीव्र पार्न भन्नुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान