नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

2019-08-24 16:20:55

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ। समाजको तेस्रो स्थापना दिवसको अवसर पारेर यही भदौ ७ देखि १७ गतेसम्म काठमाडौँथित प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनी हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश, चीनका चर्चित कलाकारको चित्रहरु समावेश हुनेछन्। 


गोरखापत्र अनलाइनका अनुसार प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र अरु नेपालको गरी झण्डै ९० वटा चित्र समावेश हुने जनाइएको छ। कलाको माध्यमबाट ती देशहरुबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको हो।     

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका कोषाध्यक्ष भीम श्रेष्ठले कलाकारहरुको स्वतःफूर्तरुपमा उठेको सहयोगबाट प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो। प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले जलरङबाट कला कोर्दै गरेका कलाकारको अनुभव आदानप्रदान हुने र नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने लामाको भनाइ छ। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान