नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौंदेखि बेइजिङसम्मको सिधा उडान हुने भएपछि यात्रुहरू उत्साहित

2019-08-24 16:18:09

काठमाडौं–बेइजिङ ओहोरदोहोर गर्न सजिलो मात्रै होइन, काठमाडौं र बेइजिङबीच निकटता ल्याउनेछ। सिधा उडानले दुई देश र जनता सबैलाई फाइदा पुग्नेछ। साथै नेपालमा चिनियाँ पर्यटकको आगमन गजबले बढ्ने धेरैको अनुमान छ। नेपाली पक्षबाट सिधा उडानको औपचारिक घोषणा नगरेसम्म पर्खनुपर्ने अवस्था छ। चिनियाँ ट्रिप डटकममा बुकिङ खुला गरे पनि ‘अनसर्टेन’ अनिश्चित भनि लेखिएको छ। अर्को छुइनाअरमा भने यही अक्टुबर २७ तारिख (कार्तिक १० गते) बाट बेइजिङ–काठमाडौं सिधा उडानको बुकिङमा कुनै यस्तो संकेत छैन।

दूतावासका एक अधिकारीका अनुसार, सिधा उडानको अनुमति पाइसकेको छ। हाललाई पुरानो विमान या त्यस बेलासम्म नयाँ विमानै उडाउनसक्ने सम्भावना पनि छ। गत जुलाईमा (साउन १०) नेपाल चीन हवाई सेवा सम्झौता पुनरवलोकन गर्न बेइजिङ आएको नेपाली टोली र चिनियाँ उड्डयन प्रशासनबीच वार्तामा बेइजिङ काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान