नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौंदेखि बेइजिङसम्मको सिधा उडान हुने भएपछि यात्रुहरू उत्साहित

2019-08-24 16:18:09

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा काठमाडौंदेखि चीनको राजधानी बेइजिङसम्म सिधा उडान बिस्तार हुने भएको छ। नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उत्तरी छिमेक चीनको राजधानी सहर बेइजिङसम्म सिधा उडान बिस्तार गर्ने भएको हो। चिनियाँ बुकिङ साइटमा हिमालय एयरलाइन्सको उडानबाट अक्टुबर अन्त्यदेखि टिकट बुकिङ गर्न सकिने देखाइएको छ।

यो सँगै बेइजिङमा बस्दै आएका नेपाली तथा नेपालप्रति चासो राख्ने चिनियाँ उत्साहित छन्। सिधा उडान भएमा दुई छिमेकी राष्ट्रबीचको दुरी मात्र साढे पाँच घण्टा रहनेछ। हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार उडान निश्चित भएकाले अक्टुबर अन्तिम सातादेखि टिकट बुकिङ गर्न अनुमति दिइएको छ। उक्त समयबाट काठमाडौं–बेइजिङ सिधा उडान हुने उहाँले जानकारी दिनुभयो।

अन्नपूर्णपोस्टका अनुसार सीधा उडानबाट बेइजिङमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर महेश बस्नेतले खुशी लागेको बताउनुभयो। हाल बेइजिङमा अध्ययनरत र पेसाकर्मीलाई परिवारको यात्राका दौरान भाषाका साथै ट्रान्जिटका कारण अप्ठेरो पर्ने गरेको छ। बेइजिङमा अध्ययनरत संगीत संग्रौलाले भने टिकट महँगो भएको गुनासो गर्नुभयो। हाल बेइजिङबाट काठमाडौंसम्मको दुईतर्फी उडान तीन हजार/३५ सय युआनको हाराहारीमा छ भने अब हुने सिधा उडानको टिकट दर पाँच हजारमाथि छ। सिधा उडानको टिकट तुलनात्मक रूपमा महँगो देखिन्छ। 

बेइजिङ फरेन ल्याङवेज स्टडी युनिमर्सिटीअन्तर्गत नेपाली अध्ययन केन्द्रका निर्देशक सिङ युन (इन्दिरा) वर्षमा धेरैपटक नेपाल ओहोरदोहोर गर्ने भएकाले सिधा उडानले काठमाडौं र बेइजिङलाई अझै नजिक ल्याउने बताउनुभयो। 

भ्रमण वर्ष २०२० का लागि चीनबाट मात्रै पाँच लाख चिनियाँ पर्यटक भित्रिने अनुमान गरिएको छ। सिधा उडानपछि गुणस्तरीय चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्नेछन्। नेपालप्रति चासो भएकाबाहेक अब धेरै चिनियाँले नेपाल चिन्नेछन्। व्यापारिक वर्ग सबैभन्दा उत्साही देखिन्छन्। हस्तकलालगायत व्यापारीहरू कार्गोमा लाग्ने समय बचत हुने बताउँछन्। ‘

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान