नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

भारतद्वारा भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध

2019-08-22 14:29:27

भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ। पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।

भारतले नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीहरुलाई अनुदान रकम उपलब्ध गराउने जनाएको थियो।

भारतले उपलब्ध गराउने २५ अर्ब अनुदानमा भवन पुनर्निर्माणमा १० अर्ब, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदा पुनर्निर्माणमा ५-५ अर्ब रुपैयाँ रहेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान