नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालसम्बन्धित् चिनियाँ पुस्तक विमोचित

2019-08-15 16:26:32

    नेपाल भ्रमणको स्मरण तथा अनुभवहरू सङ्ग्रहित एक पुस्तक चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक समारोहबीच बिहिबार अगस्त १५ तारिख दूतावास प्राङ्गणमा सार्वजनिक गरेका छन्। उक्त पुस्तक छिङह्वा विश्वविद्यालयका प्राध्यापक हू यू र त्यहाँ अध्ययनरत् चिनियाँ विद्यार्थीहरूले संयुक्त रूपमा तयार पारेका हुन्। 'निपोआर द सिङ ग' अर्थात् 'नेपालको विशेषता' शीर्षकको उक्त पुस्तकमा नेपालसम्बन्धी ७ वटा लेखहरू समेटिएका छन्।

    चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले नेपालसम्बन्धी पुस्तक प्रकाशनले नेपालको पर्यटन प्रचारमा उल्लेखनीय योगदान पुग्ने भन्दै पुस्तक प्रकाशनमा भागीदार सबैलाई धन्यवाद व्यक्त गरे। पुस्तकले नेपालको बहुसंस्कृति र इतिहासको समेत व्याख्या गरेको भन्दै दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप बल पुग्ने पनि बताए ।

    उक्त पुस्तकका लेखक छिङह्वा विश्वविद्यालयका प्राध्यापक हू यूले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालीहरू सदा हँसिलो देखिने बताए। लेखिका तथा चीन नेपाल सांस्कृतिक आदानप्रदान संघकी अध्यक्ष शन छिनयीले यसै अगस्त महिनाको अन्तमा एक टोली नेपाल भ्रमणमा जाने र त्यहाँ पुनः यस पुस्तकको विमोचन गर्ने कार्यक्रम रहको बताउँदै चीन नेपाल युवा आदानप्रदानलाई अघि बढाउँदै चीन नेपालसम्बन्धलाई थप उचाइमा पुर्याउन चाहेको बताइन्।

    अरू चिनियाँ वक्ताहरूले पुस्तकको चर्चा तथा उच्च मूल्याङ्कन गर्दै प्राचीन कालदेखि नै चीन र नेपाल मैत्रीपूर्ण छिमेकी रहँदैआएको बताएका थिए। नेपाल बेल्ट र रोडमा आबद्ध भएसँगै चीन र नेपाल बीचको आदानप्रदान अझै गहन बनेको भन्दै गत अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमणका साथै दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएको सम्बन्धमा पनि चर्चा गरेका थिए।

    छिङह्वा विश्वविद्यालयका प्राध्यापक हू यू र त्यहाँ पत्रकारिता विषयमा अध्ययनरत् विद्यार्थीहरू वान निङनिङ, शन छिनयी र चाङ चिनपाओले नेपालीको गौरव, बहादुरी, ईमानदारीता तथा दयालुपन साथै प्रकृतिको खानी नेपालसम्बन्धमा कलम चलाएका छन्। उक्त पुस्तकलाई चाइना यूथ प्रेसले प्रकाशित गरेको हो।

    सहकर्मी हिमाको साथमा अजय अलौकिक

    सीआरआई नेपाली सेवा

    पैचिङस्थित चीनका लागि नेपाली दूतावास

    पैचिङ, जन गणतन्त्र चीन


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान