नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालमा जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक

2019-08-14 14:21:45

    एकातर्फ दोहोरो सेवा लिनेको सख्या बढ्दै जानु र अर्कातर्फ सेवा प्रदायक कम्पनीहरूबीच बढ्दो प्रतिस्पर्धाले दूरसञ्चार सेवाका प्रयोगकर्ता बढेका छन्। जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा प्राधिकरणले १३९.२९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ। प्रविधिमा नविनता र चलायमानमा सहजताले गर्दा मोवाइल फोन प्रयोगकर्ता दिनानुदिन बढेका छन्। प्राधिकरणले सार्वजनिक गर्ने तथ्यांकअनुसार मासिक डेढ लाखदेखि २ लाखको हाराहारीमा मोवाइल प्रयोगकर्ता थपिएको देखिएको छ।
पछिल्लो म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) अनुसार कुल दूरसञ्चार सेवाग्राहीमध्ये ४ करोड अर्थात १३६.५८ प्रतिशतले मोवाइल प्रयोग गर्छन्। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दूरसञ्चार सेवामा सिमकार्ड तथा टेलिफोन लाइन खरिद गर्ने ग्राहकसंख्याका आधारमा तथ्यांक लिने गरिएको बताउनुहुन्छ। “सेवा प्रदायक कम्पनीबाट महिना-महिना दिनमा ग्राहकको विवरण लिने र सोही आधारमा तथ्यांक सार्वजनिक गर्ने गरेका छौं,” उहाँले भन्नुभयो। नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ।
हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन्। एमआईएसअनुसार १ करोड ९० लाख अर्थात कुल जनसंख्याको ६४.४६ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन्। मोबाइल, ल्याण्डलाइन, एडीएसएल, जीपीआरएस थ्रिजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ। सरकारले सन् २०२० सम्म देशभर ब्रोडब्याण्ड इन्टरनेट सुविधा पु-याउने तयारी गरेको छ। सूचना सञ्चार प्रविधि (आईसीटी)मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोबाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा ध्यान दिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताउनुभयो। 
ब्रोडव्याण्ड नीतिले सन् २०१८ सम्म ४५ प्रतिशत घरधुरीमा ब्रोडव्याण्डको पहुँच सुनिश्चित गर्ने, सहरी ब्रोडब्याण्ड उपभोक्तालाई बहु सेवाप्रदायकहरू मार्फत छनोटको अवसर दिने लक्ष्य राखेको छ। सबै जिल्ला सदरमुकामहरूमा अप्टिकल फाइबर सञ्जाल विस्तार गर्ने, तत्कालीन १ हजार ५ सय गाउँ विकास समितिलाई ब्रोडव्याण्ड पूर्वाधार र सेवायुक्त विद्युतीय गाउँ विकास समिति (ई-भिलेज)का रूपमा विस्तार गर्ने समय पनि २०१८ सम्मलाई तोकिएको छ। यो लक्ष्य अहिलेसम्म पूरा हुन सकेको छैन। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान