नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालमा जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक

2019-08-14 14:21:45
r_1584508_2019081414214095468700.jpg

    पछिल्लो एक दशकयता नेपालमा आक्रामक रूपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजक रूपमा वृद्धि भइरहेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन्। पछिल्लो एक दशकयता नेपालमा आक्रामक रूपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजक रूपमा वृद्धि भइरहेको कारोबार अनलाइनले लेखेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन्। केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसख्यालाई आधार मान्ने हो भने विदेशमा रहेका नेपालीवाहेक औषतमा हरेक एक नेपाली बरावर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ। विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसख्या २ करोड ६४ लाख हो। नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख १० हजार पुगेको छ। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान