नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौँमा चिनियाँ दूताबासद्वारा पाण्डा बुक कर्नर स्थापना

2018-12-06 18:49:23

      नेपालका लागि चिनियाँ दूताबासले नेपालका पाँचवटा विद्यालयमा पाँच हजारभन्दा बढी पुस्तकहरु हस्तान्तरण गरी पाण्डा बुक कर्नर स्थापना गरेको छ। यसका लागि आज बिहीबार दिउँसो काठमाडौँमा आयोजित पुस्तक हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होङले भन्नुभयो पाण्डा चिनियाँ संस्कृतिको प्रतीक हो साथै सबैलाई विशेष गरी युवालाई मन पर्ने जनावर पनि हो। सांस्कृतिक जानकारी र चीन-नेपाल मित्रता तपाईँहरुको मनमा पुर्‍याउन हामीले पाण्डा बुक कर्नरको नाम राखेका छौँ। पाण्डा बुक कर्नर ज्ञानको भण्डार बनेर चीन-नेपाल मित्रताको प्रबर्द्धक हुने हाम्रो आशा छ।

    यी पुस्तकबाट नेपाली र चिनियाँ जनताबीचको सम्बन्ध अझै घनिष्ट हुँदै जाने विश्वास व्यक्त गर्दै नेपालका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भन्नुभयो चीनले प्रदान गरेको पुस्तकहरु र स्थापित पुस्तकालयले यस विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्नेछ। यहाँ अध्ययनरत भाइबहिनीहरुको भविष्यको मार्गलाई अझै फराकिलो बनाउनेछ। यसले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने र नयाँ आयाम थप्ने विश्वास मैले लिएको छु।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान