नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

कमललाई नयाँ रुपमा निर्माण गरिने

2018-12-06 16:47:05

    पछिल्लो आठ वर्षदेखि यहाँ छठ मनाइँदै आएको छ। महानगर मेयर विद्यासुन्दर शाक्यले सकभर आगामी वर्षको छठसम्ममा निर्माण सकिनेगरी काम हुने बताउनुहुन्छ। केही अवरोध नआए डिजाइन स्वीकृत भएपछि निर्धारित समयभित्रै सकिने उहाँको भनाइ छ। 'निर्माणपछि यसको स्वरूप नै फेरिनेछ,' मेयर शाक्यले सोमबार आयोगमा आयोजित डिजाइनमाथिको छलफल कार्यक्रममा भन्नुभयो, 'पोखरीको अस्तित्व जोगाउँदै अघि बढौं। सबैले सहमतिका साथ अघि बढे चाँडै निर्माण सकिन्छ।'

    कार्यक्रममा काठमाडौं ४ का सांसद गगन थापा र प्रदेश सांसद नरोत्तम वैद्यले पनि योजनाप्रति सकारात्मक रहेको बताउनुभयो। आयोगको प्रस्तुतिपछि सांसद थापाले भन्नुभयो, 'यस क्षेत्रमा महानगरले राम्रो योजना ल्याएकोमा धन्यवाद। हामी सँगै मिलेर काम गरौं।'

    मत्स्य विकास केन्द्रको स्वामित्वमा भए पनि २०/२५ वर्षदेखि वास्ता नगरेको स्थानीयको गुनासो भएकाले त्यस विषयमा विवाद आए आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। प्रदेश सांसद वैद्यले हरियाली व्यवस्थापन गर्न कठिनाइ हुने धारणा राख्दै भविष्यमा आयोजना हुने राजनीतिक कार्यक्रमलाई मध्यनजर गर्दै त्यसै अनुसारका संरचनासमेत राख्नुपर्ने सुझाव दिनुभयो।

    कमलपोखरी संरक्षण एवं जनहित समाजका महासचिव राजेन्द्र सिंहले आगामी वर्षको छठसम्म निर्माण सकिनेगरी निर्माण गरिने बताउनुभयो। 'पोखरीभित्र ढलान नगर्न भनेका छौं। अहिले त्यहाँभित्रको फोहोर व्यवस्थापन पनि समस्या हो,' सिंहले भन्नुभयो, 'त्यहाँ रानीपोखरीको माछालाई खुवाउने सामान कुहिएर गन्हाउने भएको छ। फोहोर पानीको उचित निकास हुनुपर्छ।' सफा गरे पनि हरियो लेदो नजाने भएकाले पोखरी पुनर्निर्माणसँगै नयाँ पानी फेर्नुपर्ने उहाँको सुझाव छ।

    महानगरीय प्रहरी वृत्त कमलपोखरीले ४ रोपनी ४ आना जग्गा प्रयोग गरेको छ। त्यसलाई र सँगै लालपुर्जा बिनाको जग्गामा संरचना बनाई बसिरहेको ट्राफिक प्रहरीलाई हटाउँदा विकल्प दिन उपयुक्त स्थानबारे निर्णय भइसकेको छैन। आयोगले पनि यो समस्या रहेको स्विकार्दै चाँडै निक्र्यौल गरिने बताएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान