नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

कमललाई नयाँ रुपमा निर्माण गरिने

2018-12-06 16:47:05

        २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीलाई नेपाली इँटा र दर्जिन ढुंगाको प्रयोगले सजाउने महानगरको तयारी छ। आयोगका सदस्य सचिव सरोज बस्नेतले डिजाइन तयारी भइसकेको र वरपरका संरचना भत्काएपछि त्यहाँका संस्थालाई दिइने विकल्पबारे छलफल भइरहेको बताउनुभयो।

    महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले केही वर्षअघि उपत्यका विकास प्राधिकरणले सफा गरी पर्खाल बनाइदिए पनि त्यतिले मात्र नपुग्ने भएर पर्यटकीय हिसाबले आकर्षक बनाउन लागिएको बताउनुभयो। 'सहरी योजना आयोगको इस्टिमेट अनुसार हेर्दा यसमा ७/८ करोड खर्च लाग्ने भएको छ।

    अहिले आकाशे पानीको भरमा छ तर अब मेलम्चीबाट आउने पानीलाई प्रयोग गर्ने योजनामा छौं,' उहाँले भन्नुभयो। बोरिङ गर्दा राम्रो पानी नआउने भएकाले मेलम्चीको आसमा रहेको उनले बताए। उपत्यकाकै विभिन्न स्थानमा पुननिर्माणपछि पोखरी सुकेकाले कमलपोखरी साजसज्जाका क्रममा सावधानी अपनाइने उहाँको भनाइ छ। पुनर्निर्माणमा छेउछाउका संरचना भत्काउने, सिमेन्ट प्रयोग गरिने, रुख रोपिने भए पनि पोखरीको पानी नसुकोस् भन्न पानी नचलाइने उहाँले जानकारी दिनुभयो। पोखरीको चारै कुनामा स-साना कमल फुल्ने पोखरी रहनेछन्।

    हरियाली प्रवद्र्धन गरी पार्कका रूपमा विकास गर्ने तयारी छ। पोखरीको केन्द्रमा पाटी तथा छेउमा ढुंगेधारा बनाउने र 'सेमि कभर्ड एरिया' समेत राखिनेछ। घाट वा पोखरीका सिँढी पनि व्यवस्थित हुनेछन्। 'पर्यटकमैत्री शौचालय पनि हुनेछ। त्यहीँ छेउमा सानो घर बनाई क्लबलाई दिनेछौं,' वडाध्यक्ष श्रेष्ठले भन्नुभयो। राति रंगीबिरंगी प्रकाशले पोखरीको सौन्दर्यलाई झनै बढाउने उहाँको भनाइ छ।

    आयोगका सदस्य सचिव बस्नेतले यसको डिजाइनमा वास्तुशास्त्रीसँग पनि सल्लाह लिइएको बताउनुभयो। समय व्यतीत गर्ने हिसाबले निर्माण गरिने भएकाले सौन्दर्यीकरणका साथै 'फुट स्टल' पनि राखिनेछ। उहाँले भन्नुभयो, 'पानी सफा र फिल्टर गर्न विज्ञसँग कुरा गरिरहेका छौं। कोण मिलाएर संरचना बनाइनेछ, जसले वास्तुशास्त्र सिक्नेलाई पनि सहयोग हुनेछ।'

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान