नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चक्रपथ निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने

2018-12-06 16:45:19


यो 'अन्डरपास' को सञ्चालनपछि नागढुङ्गातर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधानहरु अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन्। त्यसैगरी, चक्रपथ घुम्ने सवारी साधनहरु जक्सनमा अवरोध नहुने गरी 'अन्डरपास' भएर जानेछन्। 


त्यसैगरी, खसी बजारबाट आउने नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङगा र कालिमाटीतिर जानका लागि दुई÷दुई लेनको 'सर्भिस ट्रयाक' निर्माण गरिएको छ। कलङ्कीको सम्पूर्ण संरचना तयार भइसकेपछि त्यहाँ आकाशे पुलको आवश्यकता नपर्नुका साथै सो क्षेत्रमा सवारी साधन जाम नहुने विश्वास गरिएको छ। 
निर्माणाधिन कोटेश्वर-कङ्लकी सडकखण्ड अन्तर्गत थप छ स्थानमा आकाशे पुल निर्माण हुने भएको छ। सो सडकखण्डको मात्र तीन स्थानमा आकाशे पुल निर्माण गर्ने सम्झौता चिनियाँ कम्पनीसँग भएको थियो। सम्झौताअनुसार बागडोल, कोटेश्वर, ग्वार्कोमा आकाशे पुल निर्माण भइसकेको छ।
द्रुत गतिमा सवारी साधनको आवागमन हुने उक्त सडकमा पैदल यात्रुलाई बाटो काट्न प्रर्याप्त मात्रामा आकाशे पुल नभएकाले थप स्थानमा आकाशे पुल निर्माण गरिने जानकारी परियोजना प्रमुख खनालले दिनुभयो। प्रस्तावित थप आकाशे पुलहरु नेपाल सरकारले आफ्नो लगानीमा निर्माण गर्नेछ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान