नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौँमा सछ्वानको खाना महोत्वस

2018-11-29 10:42:19

    काठमाडौँमा नोभेम्बर २८ तारिख चीनको सछ्वान प्रान्तको स्थानी विशेष खान बारेमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। चीनको सछ्वान प्रान्तबाट आएका प्रतिनिधिहरुले आफ्नो मिठो खाना तथा आकर्षक नाचगान प्रस्तुत गरेका छन्।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागिका चिनियाँ राजदूत यु होङले भन्नुभयो: स छ्वान पश्चिमी चीनको सबभन्दा विकसित प्रान्तमध्येको एक हो। केही वर्षयता स छ्वानले नेपालसँग आदान-प्रदान र सहयोगलाई बढाइरहेको छ। यस वर्ष नेपालका उप-राष्ट्रपति नन्दबहादुर पुनज्यूले स छ्वान पुगेर पश्चिमी चीन अन्तर्राष्ट्रिय एक्स्पोमा भाग लिनुभयो। स छ्वानले मानव स्रोत तालिम, छात्रावृत्ति प्रदान, जनजीवन कार्यक्रम आदिमा नेपाललाई धेरै सहयोग गरेको छ। स छ्वानका गैर-सरकारी एकाइले पनि नेपाललाई विभिन्न कार्यक्रमको संचालन गरेको छ।

    नेपालको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दुई देशबीचको सांस्कृतिक आदानप्रदानको जानकारी दिँदै भन्नुभयो 'यो एउटा सांकेतिक कार्यक्रम हो। यसले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई व्याख्या गरेको छ। नेपाल र चीनबीचको सम्बन्धमा ऐतिहासिक सम्बन्धको जरा गाडेको छ। इतिहासदेखि नै दुई देशबीचमा विभिन्न प्रकारका आदानप्रदान हुँदै आएको छ।'

    सो कार्यक्रममा सछ्वान प्रान्तको डकुमेन्ट्री पनि प्रसारण गरिएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान