नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

यो वर्षको तिहारमा फूल सस्तियो

2018-11-09 15:08:53

यो वर्षको तिहारमा फूल सस्तियो

यो वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ। तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताएका रातोपाटी अनलाइनले लेखेको छ।

उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको पनि जानकारी गराएका छन्। काठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताउनुभयो।

यता, फूल व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घटन भएको बताएका छन्। काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गतवर्ष ४ हजारमा बेचिएको फूल यसवर्ष २ सयमा पनि बिक्री हुन नसकेको गुनासो गर्नुभयो।

नेपालमा यसवर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घटन गएको हो। काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमा धेरै उत्पादन भएकाले पनि फूलको व्यापार घटन गएको बताउनु भएको छ।

तिहारलाई फूलको पर्वको रुपमा पनि लिइन्छ। तर यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नुपरेको व्यवसायीहरुको भनाइ छ। तिहार पर्वमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान