नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

४० हजारप्रति स्मार्ट लाइसेन्स छपाइ

2018-11-08 15:06:09

४० हजारप्रति स्मार्ट लाइसेन्स छपाइ

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ४० हजारप्रति छपाइ भएको छ। छपाइको जिम्मा पाएको मालिका इन कर्पोरेटले १५ दिनमा त्यति प्रति लाइसेन्स छपाइ गरेको यातायात व्यवस्था विभागले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। विभागका अनुसार कर्पोरेटले छाप्न सुरु गरेको ४५ दिनमा करिव छ लाख लाइसेन्स छापेर सक्ने सम्झौता भएको थियो, तर १५ दिनमा जम्मा ४५ हजार मात्र छापिएको छ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले छापिएपछि सबै प्रति लाइसेन्स एकैपटक छपाइ कम्पनीसँग लिइने र वितरण गरिने जानकारी दिनुभयो। गत भदौं ३१ गतेको मन्त्रिपरिषद्को निर्णयले मालिका इन कर्पोरेट कम्पनीलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न जिम्मा दिइएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान