नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

भाइमसलाको मूल्य अत्यधिक बढ्यो

2018-11-08 15:03:12

भाइमसलाको मूल्य अत्यधिक बढ्यो

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य अस्वाभाविकरूपमा बढेको छ। तिहारको समयमा व्यवसायीले भाइमसलामा २० प्रतिशतसम्म मूल्य बढाएका हुन्। थोक मूल्य बढेर आएकाले बजारमा मसलाको मूल्य बढेको व्यवसायीको भनाइ रहेको कारोबार अनलाइनले लेखेको छ।

तिहारमा ल्वाङ, सुकमेल, मिश्री, छोकडा, किसमिस, काजु, बदाम, ओखर, अन्जिर, खुर्पानी, दालचिनी, सुपारी, मखनालगायतका मसलाजन्य सामग्रीको बढी बिक्री हुने गरेको छ। सडक पेटीदेखि डिर्पाटमेन्टल स्टोरसम्म बिक्रीका लागि मसला राखिएको छ। असनका व्यवसायी सन्दिप क्षेत्रीले गत वर्षको तुलनामा भाइमसलामा २० प्रतिशतसम्म मूल्य बढेको बताउनुभयो। थोक मूल्य नै बढेर आएकाले बजारमा भाइमसलाको मूल्य बढेको उहाँले जानकारी दिनुभयो। तिहारमा प्रयोग हुने अधिकांश भाइमसला विदेशबाट आउने गरेको छ। खपत बढी हुने समय भएकाले त्यसैको मौका छोपेर व्यापारीले यसको मूल्य अत्यधिक बढाएको उपभोक्ताको गुनासो छ।

व्यवसायीका अनुसार प्रतिकिलो किसमिसमा २ सय ५०, सुकुमेलमा ७ सयदेखि १ हजार २ सयसम्म, बदाममा २ सय र पेस्तामा ५ सय रूपैयाँ मूल्यवृद्धि भएको छ। त्यस्तै, नरिवलमा १ सय ७५, मखनामा ७ सय, ल्वाङमा १ सय २५, खुरपानीमा ३ सय र ओखरमा २ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ। न्यूनतम् एक सय रूपैयाँदेखि दुई हजारसम्मका मसलाका प्याकेट बिक्रीका लागि राखिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान