नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

तिहारका लागि ६३ करोडको सामग्री नेपाल भित्रियो

2018-11-08 15:00:16

यसपालिको तिहारमा फलफूलको माग कम भएको संघको दाबी छ।' 'स्थानीय सरकारले विभिन्न कर उठाएका छन्। ठेला र साइकल व्यापारीलाई दु:ख दिएका छन्,' उहाँले भन्नुभयो, 'विगतको तुलनामा बिक्री ५० प्रतिशत कम छ।' उहाँका अनुसार गत वर्ष करिब ४ सयभन्दा बढी गाडी फलफूल आयात भएको थियो। अहिले ४/५ महिना अगाडि आयात भएकै फलफूल बिक्री भइरहेको संघको दाबी छ। भन्सार दर पनि अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन्। 'सबैभन्दा कम केराको भन्सार करिब ८ हजार थियो,' पाठकले भन्नुभयो, 'अहिले बढेर ८० हजार पुगेको छ।' तिहारलगत्तै छठ पर्व सुरु हुन्छ। त्यसबेला पनि माग वृद्धि हुने संघले जनाएको छ। तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढछ। केरा भारतबाट आयात हुन्छ।

गत वर्षको तुलनामा खुद्रामा भाउ अस्वाभाविक रूपमा बढेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार थोकमा करिब १५ प्रतिशत बढेपनि खुद्रामा करिब ३ सय प्रतिशतले वृद्धि भएको छ। बजार अनुगमन र मूल्य नियन्त्रण गर्ने अधिकार विभागकै हो। विभागले कडाइका साथ अनुगमन गर्न सकेको छैन।

विभागले विनियमावली नबनेको भन्दै अनुगमन कडाइ गर्न नसकेको दाबी गर्दै आएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ जारी भए पनि सञ्चालन गर्नका लागि विनियमावली/मापदण्ड बनेको छैन। जसले गर्दा खाद्य वस्तुको मूल्य अनुगमन गर्न नसकिएको विभागको दाबी हो। साना व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएकाले पनि कारबाहीमा समस्या भएको विभागका महानिर्देशक योगेन्द्र गौचनको बताउनुहुन्छ।

'होलसेलमा करिब १५ प्रतिशत बढेको छ। व्यवसायीले डलरकै कारण मूल्य बढेको बताएका छन्, त्यो स्वाभाविक पनि हो,' महानिर्देशक गौचनले भन्नुभयो, 'चोकचोकमा सञ्चालन भएका पसल चुनौती बनेको छ।' विभागका अनुसार ती पसलहरू दर्ता छैनन्। तिहारको सामग्री बिक्री गर्दा बिलबीजक पनि जारी गर्दैनन्। नयाँ बनेको ऐनअनुसार अनुगमनको क्रममा ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना भएकाले कारबाहीमा केही कठिनाइ भएको जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान