नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

तिहारका लागि ६३ करोडको सामग्री नेपाल भित्रियो

2018-11-08 15:00:16

तिहारका लागि ६३ करोडको सामग्री नेपाल भित्रियो

तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा नेपालमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला, केरालगायत फलफूल आयात भएको कान्तिपुर अनलाइनले लेखेको छ। 

यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट आयात भएको विभागको तथ्यांकमा छ। सबैभन्दा बढी भारतबाट आयात भएको छ। भारतबाट मात्रै ३५ करोड ८७ लाख रुपैयाँको आयात भएको हो। दोस्रोमा पाकिस्तानबाट आयात भएको विभागको तथ्यांकमा छ। तथ्यांकअनुसार यो अवधिमा २० करोड ८३ लाख रुपैयाँको फलफूल तथा ड्राई फ्रुटका भित्रिएका हुन्। तेस्रोमा अमेरिकाबाट आयात भएको छ। अमेरिकाबाट १२ करोड ३९ लाख रुपैयाँको आयात भएको छ। तिब्बतबाट ९ करोड ७५ लाख, इन्डोनेसियाबाट १ करोड ६३ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख रुपैयाँ बराबरको आयात भएको उल्लेख छ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार चीनबाट मुख्यत: स्याउ आयात हुन्छ। चीनबाट आयात हुने स्याउ मुलुकभरि बिक्री हुन्छ। अन्य फलफूल भने धादिङलगायत वरिपरिका जिल्लामा बिक्री हुने महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र पाठकले बताउनुभयो। संघले तिहारलाई लक्ष्य गरेर करिब ३ सय गाडी फलफूल आयात गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार एउटा गाडीमा १८ देखि ३२ टन फलफूल आयात हुन्छ। पाठकका अनुसार फलफूलमध्ये स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ। मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुँदा चीन र भारतकै भर पर्नुपरेको बताउनुभयो।

नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगन्य रूपमा भित्रिन्छ। जसले गर्दा चीन र भारतकै भर पर्नुपर्ने बाध्यता भएको व्यवसायीहरू बताउँछन्। आयातित फलफूल बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गर्छन्। संघका अनुसार तिहारसँगै थोक बजारमा करिब ६० प्रतिशतभन्दा बढी माग बढ्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान