नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ कम्पनीले तीन वर्षमा काठमाडौँमा मोनोरेल बनाउने

2018-09-14 17:02:39

        प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौंबासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले चिनियाँ कम्पनीले सम्झौता गरेको समय सीमाभित्रै प्रतिवेदन बुझाएकोमा खुसी प्रकट गर्नुभयो। 'यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौं', मेयर शाक्यले भन्नुभयो, 'हामीले केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउनेछौं।' उहाँले मोनोरेल चढेर मात्रै आफू बिदा हुने बताउनुभयो। ललितपुर महानगरका प्रमुख महर्जनले प्रतिवेदनले सकारात्मक सञ्चार प्रवाह भएको प्रतिक्रिया दिनुभयो। 'ललितपुरमा थोरै भाग पर्छ तर पनि हामी जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्छौं', उहाँले भन्नुभयो।

    एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेल सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा तीन वर्षभित्र निर्माण पूरा गर्न सकिने जनाइएको छ। चिनियाँ कम्पनीले निःशुल्क रूपमा 'फिजिबिलिटी टेस्ट' गरिदिएको हो। गत जेठ ११ गते ६ महिनाभित्र सीआरसीसी कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने सहमति गरेको थियो। चिनियाँ कम्पनीले दुवै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफू डीपीआरका लागि तयार रहेको जानकारी दिएको छ। सीआरसीसीका महाप्रबन्धक सिपावोले चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिँदै जतिसक्दो छिटो निर्णय दिए डीपीआर तयार गर्न सुरु गर्ने बताउनुभयो।

    उक्त चिनियाँ कम्पनीलाई विज्ञहरूसँग छलफल गरेर एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने ललितपुरका मेयर महर्जनले बताउनुभयो। उक्त प्रतिवेदनअनुसार तीन चरणमा निर्माण हुनेछ। ६ महिनाभित्र डीपीआर तयार गर्ने र तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेल निर्माण सम्पन्न हुनेछ। तीन हजार यात्रु बोक्न सक्ने मोनोरेल प्रतिघण्टा एक सय किलोमिटरको गतिले कुद्नेछ। फिजिबिलिटी टेस्टले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रूपमा मोनोरेल सञ्चालनका लागि उपयुक्त रहेको देखाएको छ। सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। चक्रपथमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन्। मोनोरेलको लिक २७.५ किलोमिटरको हुनेछ जसमा ललितपुरमा १० किलोमिटर पर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान